कला साहित्यको विकासमा ‘रु एक सय अभियान’

Pakhirbash kala sahitya

धनकुटा । पाख्रिवास नगरपालिकामा रहेका कला साहित्यप्रेमीहरुले कला साहित्यको विकासमा लागि ‘रु एक सय अभियान’ सुरु गरेका छन् ।

समाजले ‘तपाईले एक सय रुपैयाँ दिनुस, १० जनालाई उत्प्रेरित गरिदिनुस’ भन्ने नारा दिइएको छ ।

पाख्रीबास कला साहित्य समाजले नेपाली कला साहित्य क्षेत्रमा थप विकास गर्न सकियोस भनेर यो अभियान सुरु गरेको हो । सोमबारदेखि सुरु भएको सो अभियान निरन्तर चलिरहने समाजका अध्यक्ष रोशन परियारले बताए ।

समाजले स्थानीय स्तरमा स्रष्टाको सम्मान, उनीहरुलाई साहित्यमा लाग्ने प्रेरणा दिन र राष्ट्रिय स्तरमा समेत कला साहित्य क्षेत्रमा योगदान दिने श्रष्टालाई राष्ट्रिय पुरस्कार दिँदै आएको छ । समाजले भुपी ८१ औ भुपी जयन्तीका अवसरका विभिन्न श्रष्ठालाई सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...