छोराको कुटाईले बाबुको मृत्यु

Kutpit

बुटवल । रुपन्देहीका एक युवाले मादकपदार्थ सेवन गरी आफ्नै बाबुको हत्या गरेका छन्।

सोमबार राति करिब २ बजेतिर मादकपदार्थ सेवन गरी घरमा पुगेका मर्चवारी गाउँपालिका वडा नं. १ का ३५ वर्षीय लाल चाईले ६० वर्षीय बाबु सन्तु चाईलाई निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भिर घाइते भएका चाईलाई उपचारका लागि मंगलबार बिहान भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्याइएको थियो।

उपचारकै क्रममा चाईको मृत्यु भएको प्रहरीले जनाएको छ। बाबुको मृत्यु भएपछि छोरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...