लक्ष्मीनारायण गुठी अलपत्र

पाल्पा । गण्डकीबेंसीकै ऐतिहासिक महत्वको लक्ष्मीनारायण गुठी अलपत्र अवस्थामा रहेको छ । पौराणिक–धार्मिक तीर्थस्थल रामपुर नगरपालिका ४ स्थित खोप्टारमा रहेको सो गुठीको भौतिक संरचना मर्मत तथा सम्भारमा सरोकार भएका निकाय र स्थानीयवासीले चासो दिएका छैनन् ।

विसं १८७९ मा समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरे । तत्कालीन समयमा सो क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।

तीनतले आठकोठे सो गुठी झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । केही समय स्थानीय रेग्मी परिवारले संरक्षण गरे पनि २० वर्ष संरक्षणविहीन हुँदा जीर्णावस्थामा छ ।

रेग्मी परिवारको स्वामित्वमा रहेको गुठीको पुनःनिर्माणका लागि अर्थाभावले जीर्ण बन्दै गएको रेग्मी परिवारका बुद्धिप्रकाश रेग्मीले बताए ।

गुठीका नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीले गुठीलाई बुझाउनुपर्ने उत्पादन नबुझाउँदा पनि यसले विकास गर्न नसकेको उनले बताए ।

उनले भने । “गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने व्यक्तिले गुठीको स्याहार संरक्षण गर्ने गरी परम्परादेखि नै सम्झौताबमोजिम भोगचलन भए पनि पछिल्लो समय मोहीवालाले करबापतको रकम, अन्नपात नबुझाउँदा गुठी संरक्षणमा समस्या परेको छ”, 

मोहीसँग ताकेता गरेर भए पनि विभिन्न क्षेत्रसँग रकम संकलन गरेर अब छिट्टै गुठीको भौतिक संरचना पुनःनिर्माण गरिने रेग्मी बताए ।

गुठीमा पहिले टाढा टाढाबाट आएर दिनमा ३० जनाभन्दा बढी मानिस बास बस्ने गरेको बुढापाका बताउँछन् । यहाँ बटुवाका लागि खानेबस्ने राम्रो प्रबन्ध मिलाइएको थियो । बुटवल बजारमा सामान लिन जानेहरु यही बास बसेर आउने जाने गरेको स्थानीयवासीको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...