भुटानी शरणार्थी शिविरको ५ बुँदे माग  

Bhutanese

 

काठमाडौँ, । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष ५ बुँदे माग अघि सारेको छ ।

रिपोर्टर्स क्लब नेपालमा शिविरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले शरणार्थीको समस्या समाधान गर्ने तथा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

जनताले पनि मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिँदै उनले देश छोडेर शरणार्थी भएर बस्नुको पीडा कारुणिक हुने बताए ।नेकपा एमालेका सांसद महेन्द्रा लिम्बूले शिविरमा मानवताको खडेरी परेको बताउँदै भुटानी शरणार्थीको स्थिति निकै नाजुक अवस्थामा रहेको बताए ।

शिविरका सल्लाहकार राजमान गुरुङले २५ वर्षदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गरे ।

शिविरका प्रवक्ता सुकबहादुर राईले तेस्रो देश पुनर्वास कार्यक्रमले १ लाख भुटानी शरणार्थी अमेरिका, क्यानाडा, नर्वे, बेलायत, न्युजिल्याण्ड, नेदरल्याण्ड, अष्टे«लिया, डेनमार्कलगायतका देशमा स्थानान्तरण भइसकेको र बाँकी रहेकालाई तत्काल व्यवस्थापन गर्न माग गरे ।,

टोली संयोजक तथा पथरीका शिविर सचिव चम्पासिङ राईले झापा र मोरङमा रहेका बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भुटानी शरणार्थीको राहतसमेत दिनप्रतिदिन कटौती हुँदै आएकोमा चिन्ता व्यक्त गरे ।

शरणार्थीले भुटान सरकारसँग गरिएको छानबिन र वार्तालाई पुनः अगाडि बढाई अन्तराष्ट्रिय स्तरबाट सुचारु गरी देश छोड्दा छाडिएका सम्पति र मानवअधिकारको पूर्ण ग्यारेन्टीसहित ससम्मान स्वदेश फिर्ता हुन पाउनु पर्ने, पुनर्वासमा जान चाहने शरणार्थीका लागि यथासक्य चाँडो पुनर्वास गराउनुपर्ने, भुटानी शरणार्थीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिनु पर्नेजस्ता माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...