अस्ताए सिनो बहिष्कार आन्दोलनका अगुवा

Baldew ram

काठमाडौं । सामाजिक आन्दोलनका अगुवा बलदेव रामको मृत्यु भएको छ ।

सिनो बहिष्कार आन्दोलनको नेतृत्वकर्ता मध्येका एक भूमि अधिकार, हरुवा चरुवा अधिकार, दलित आन्दोलन अभियन्ता रामको मंगलबार बिहान ७ बजे सिरहा मधुपट्टीकास्थित घरमा मृत्यु भएको हो ।

राम सिराहा र सप्तरीमा २०५६ सालमा उत्कर्षमा पुगेको सिनो वहिष्कार आन्दोलनको नेतृत्वकर्ता थिए । उनकै नेतृत्वमा भएको सिनो बहिष्कार आन्दोलन सफल भएपछि चमारहरुले गाउँको सिनो फ्याँक्न छाडेका थिए ।

राष्ट्रिय भूमि अधिकार मञ्च र हरुवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम सकुम्बासी समस्या समाधान आयोग सदस्यसमेत थिए । उनले डा.भीमराव अम्बेडकर पुरस्कार, बैद्य-प्रकाश मानव अधिकार पुरस्कार, दयाराम परियार स्मृति मानव अधिकार सम्मानलगायत थुप्रै सम्मानबाट सम्मानित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...