तत्काल सरकारमा जाने हल्ला निराधार हो : फोरम

Flage foram

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्दा संघीय समाजवादी फोरमले पनि इच्छा देखाएको बताइरहेका बेला फोरमले त्यसलाई अस्वीकार गरेको छ ।

फोरमले तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको पनि जनाएको छ । उसले अहिले फोरम सकारमा जाने कि नजो भन्ने विषयमा टुंगो लागिनसकेकाले त्यसबारे भइरहेका अनावश्यक टिकाटिप्पणी भइरहेकोमा आपत्ति पनि जनाएको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ । ‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ जारी विज्ञप्तिमा जनाइएको छ ।

फोरमको यस्तो विज्ञप्ति आएसँगै प्रधानमन्त्री देउवाले मधेशी दललाई समेटेर संविधान संशोधनमा दुई तिहाई पुर्याउने सपनामा ठेस लाग्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...