राष्ट्रपति रनिङ सिल्डमा अजितले राखे कीर्तिमान

Spostrs

काठमाडौं । मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अजितले निर्धारित दूरी ४ मिनेट ०३.३८ सेकेन्डमा पूरा गर्दै आफैले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे । सुदूरपश्चिमाञ्चलका सुनील सुनार दोश्रो र मध्यपश्चिमाञ्चलका माधवकुमार चौधरी तेश्रो भए ।

सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी राममाया बुढाले दूरी ५ मिनेट १७.०४ सेकेन्डमा सकाउदै पहिलो भइन् । मध्यपश्चिमाञ्चलकै आशा राउत दोश्रो र मध्यमाञ्चलकी हुमी बुढा मगर तेश्रो भइन् ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारु पहिलो भए । उनले १.६० मिटर उचाईं नाघे । पश्चिमाञ्चलकै महेन्द्र कार्कीले रजत तथा मध्यपश्चिमाञ्चलका सुजन चौधरीले कांस्य जिते ।

त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी गायत्री चौधरीले १.३८ मिटर उचाईं नाघ्दै शीर्ष स्थानमा रहिन् । पश्चिमाञ्चलकी कुसुम राना मगर दोश्रो र मध्यमाञ्चलकी नेलिना श्रेष्ठ तेश्रो भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...