एमाले अध्यक्ष ओलीको जिल्लामा राप्रपाको जित

Babulal shrestha

झापा । झापा जिल्लालाई नेकपा एमालेले आफ्नो पकडको जिल्ला मान्ने गरेको छ । त्यसमा पनि नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको जिल्ला पनि हो झापा । तर, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हात पारेको छ ।

एमाले किल्ला भनिएको झापामा मात्रै राप्रपाले ३ स्थानीय तहमा जित हात पारेर एमालेको किल्ला तोडेको छ । खासगरी राप्रपामा महामन्त्री राजेन्द्र लिङदेनको मेहेनतका कारण जिल्लाका ३ तहमा राप्रपा विजयी बन्न सकेको हो ।

हालसम्म राप्रपाले झापाको गौरीगञ्ज, हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।

पछिल्लो मत परिणामा अनुसार राप्रपाले झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनले ३ हजार ७ सय ४० मत ल्याए भने उनका उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।

उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...