एकायन करातेमा श्रीकृष्ण निर्विरोध

5

काठमाडौं । नेपाल एकायन कराते संघको पहिलो साधारणसभाले श्रीकृष्ण डंगोलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा श्यामकृष्ण श्रेष्ठ र खिलबहादुर खनाल, महासचिवमा सञ्जय मुल्मी, सचिवमा बुद्धशरण शाही तथा कोषाध्यक्षमा रिता श्रेष्ठ छन् ।

विदुरलाल महर्जन, धर्मेन्द्र महर्जन, भगतबहादुर ब्लोन, मिना प्रजापति, धीरेन्द्रकुमार श्रेष्ठ, पूर्णलक्ष्मी शाक्य, राजेन्द्र शाक्य, प्रचिन श्रेष्ठ, युवराज तामाङ, कृष्णगोपाल शाही र बासुदेवी खत्री सदस्यमा चयन भए ।

पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समवन्य शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गर्नुका साथै शपथ ग्रहण गराएका थिए ।

प्रतिकृया दिनुहोस