एमालेलाई फाप्यो गोला प्रथा

जिल्ल परे कांग्रेस उम्मेद्वार

Jhapa 1

झापा । बराबर मत आएपछि गोल प्रथा गर्नुको अर्काे विकल्प पो कहाँ हुन्छ र ? यस्तै भयो आज झापामा पनि ।

झापाको कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र एमालेका उम्मेद्वारको बराबर मत आयो । जनतालाई बराबरी रुपमा हेरे । तर, दुवै जना अध्इक्षको कुर्सीमा बस्न मिल्ने अवस्था थिएन । त्यही भएर निर्वाचन आयोगले गोला प्रथा गरेर एक जनालाई अध्यक्षको कार्यभार सुम्पिएको छ ।

यो घटना खासै अनौठो चाँही होइन, यसअघि आयोगले वडा अध्यक्षमा मत बराबरी आउँदा गोला प्रथा गरेर टुंग्याएको थियो । त्यसैगरी यहाँ पनि त्यस्तै भएको छ ।

समान ८ हजार २ सय ७५ मत आएपछि गरिएको गोलाप्रथामा एमालेकी मेनुका काफ्लेलाई चिठा परेको छ भने नेपाली कांग्रेसका हुकुमसिंह राई भने जिल्लिएका छन् ।

बराबर भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको सहायक निर्वाचन अधिकृत राजकुमार शाक्यले बताए । सुरुमा काफ्लेलाई गोला तान्न दिइएमा उनले सुरुमै आफ्नो पक्षमा गोला तानेकी थिइन् ।

प्रतिकृया दिनुहोस