उपराष्ट्रपति पुन चीन भ्रमणमा

Vp pun china

काठमाडौँ, । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गरेका छन् ।

चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए ।

सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उनको सम्बोधन केन्द्रित रहने बताइएको छ । चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गर्नेछन् । सो अवसरमा उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरूले शिष्टाचार भेटवार्ता गर्नेछन् ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता छ । उपराष्ट्रपति पुन असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...