२० जिल्लामा एमाले ११९ स्थानीय तहमा विजयी

एमालेलाई पछ्याउँदै छ कांग्रेसले

Bijaya utsab

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये २ सय ७४ तहको परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेले आफ्नो अग्रतालाई कायम राखेको छ ।

एमालेले प्रदेश नम्बर १ मा ५३, प्रदेश ५ मा ३३ र प्रदेश ७ मा ३४ स्थानीय तहमा जित सुनिश्चित गरेको छ । योसँगै दोस्रो चरणमा एमालेले १ सय १९ स्थानमा विजयी भएको छ ।

पहिलो चरणको निर्वाचनमा पनि दोस्रो बनेको नेपाली कांग्रेस दोस्रो तहको निर्वाचनमा पनि दोस्रो बन्ने पक्कापक्की भएको छ । कांग्रेस दोस्रो चरणमा १०२ स्थानीय तह जितेको छ । कांग्रेसले प्रदेश नम्बर १ मा ३८, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ ।

माओवादी केन्द्र ३४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेको छ ।
दोस्रो चरणको निर्वाचनमा भाग लिएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ६ स्थानमा मात्रै जित हात पारेको छ । उसले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह मात्रै जितेको छ ।

विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक समाजवादी फोरमले भन्दा एक स्थान कम जितेको छ । उसनले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा १ स्थान जितेको छ ।

त्यसैगरी राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुर्इ स्थानमा जित हात पारेका छन् । यो पटक एक स्वतन्त्र उम्मेदवारले पनि स्थानीय तहको ज्जिमेवारी सम्हाल्ने अवसर पाएका छन् ।

२० जिल्लाको पूर्ण मत परिणाम आइसक्दा अझै १५ जिल्लाको मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...