अध्यागमनमा योजनाबद्ध गलत काम गर्नेलाइ कुनै सर्तमा क्षमा दिईने छैन्– गृहमन्त्री शर्मा

Janardn sharma

काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा न दिईने बताए ।

गृहमन्त्री शर्माले अध्यागमनका  सुचना आफु कहाँ आईपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई क्षमा नदिईने बतए ।

सोमबार अध्यागमन विभागको ‘नेपाल ईमिग्रेसन’ नामक मोबाईल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘म कहाँ आईपुगेको सुचना गलत पनि हुनसक्छ सही सुचना हुन भने गलत गर्नेहरु तयारी भएर बस्न भनेका छन् ।

‘त्यस्ता सुचना र प्रमाणहरु मसँग आईपुगेका छन्, यद्यपी विभागीय हिसावले ति सुचना आएका छैनन,’ मन्त्री शर्माले उल्लेख गरे ।

अध्यागमनमा हुने गरेको गलत कामको सुचना सही हो या हैन भन्नेबारे आफुले बुझिरहेको जानकारी दिँदै उनले भने, ‘काम गर्दागर्दै भुल भएको हो भने त्यो दोस्रो कुरा हो तर यहाँ दैनिक गलत क्रियाकलाप भएको कारणले राष्ट्रको बद्नामी हुने र सेवामा ठुलो संकट आएको मैले बुझेको छु ।

केही दिनयता मात्रै पनि त्यस्ता घट्ना घटेको सुचना आफुले पाएको जानकारी दिँदै मन्त्री शर्माले आवश्यक रिपोर्ट आएमा कारवाही गरिने बताए ।

‘मेरो एउटा कुरा तपाईलाई भन्न चाहन्छु राष्ट्रप्रती हामी सवै इमान्दार हुनुपर्छ, इमान्दारीतापुर्वक काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षमा हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिनेकाम कसैले गर्छ भने त्यो क्षमा हुँदैन ।’

उनाले भने ‘कर्मचारीका लागि मन्त्री कुनै विशेष चिज होईन, तपाईहरुको साथी हुँ, साथिको रुपमा ब्यवहार गर्न चाहन्छु ।’
‘मन्त्रीको रुपमा ज्यादा औपचारीकता चाहन्न’ उनले भने, ‘यदि योजनाबद्ध रुपमा जनता र राष्ट्रलाई घाटा हुने काम हुन्छ भने खराब भन्दा खराब मान्छे हुनेछ यो कुनै चेतावनी हैन बुझन् सजिलो होस् भनेर भनेको छु ।’

अध्यागमन विभाग र एयरपोर्टसँग सम्वन्धीत सवैलाई भन्न चाहन्छु उनाले भने, ‘यहाँको सुचना हिजो पनी थाहा थियो, गृहमन्त्री भैसकेपछी झन मलाई आएको छ, ति कुरा आजको दिनदेखी सुधारिँदैन भने, सेटीङका काम हुन्छ भने त्यो कुरा क्षमा हुने छैन ।’

सोमबार विभागले सार्वजनिक गरेको मोवाईल एपमा अध्यागमन सँग सम्वन्धीत सवै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ भने विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्न ब्यवस्था मिलाएको छ । गृहमन्त्री शर्माले ‘नेपाल ईमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...