एमाले देशकै पहिलो पार्टी बन्ने ः उपाध्यक्ष भिम रावल

Bhim rawl

डडेल्धुरा । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले स्थानिय निकायको दोस्रो चरणको निर्वाचनमा पनि एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा एमाले डडेल्धुराद्धारा जिल्ला सदरमुकाममा आयोजित अमरगढी नगरपालिकाको बिजयी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । देशनै एमालेमय हुने पक्का–पक्की भइसकेपछि देशमा अब बिकासको मुल समेत फुट्नेमा बिश्वस्त रहन आम नागरिकलाई आग्रह गरेका छन् ।

सात नम्बर प्रदेशका संयोजक समेत रहनु भएका रावलले एक–अर्का स्थानिय तह तथा प्रदेश बीचको आर्थिक, सामाजिक तथा सास्कृतिक सम्बन्धलाई समेत मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे ।

सुर्य चिन्ह अङ्कित एमालेको देशभक्ति तथा एकताको झण्डारलाई यस क्षेत्रका नागरिकले उचालेर बिजयी ¥याली जुलुस निकालेको तर्फ इङ्गित गर्दै सविंधान कार्यान्वयन, लोकतन्त्र, स्वाधिनता र अखण्डतालाई बलियो बनाउनका लागि एमाले
सधै लागिपरेको रावलले जिकिर गरेका छन् ।

अमरगढी नगरपालिकाका आम नागरिकले एमालेलाई बिश्वास गरेर ऐतिहासिक रुपमा जिताएकोमा खुसी व्यक्त गर्दै उनले अब डडेल्धुरा जिल्लालाई ७ नम्बर प्रदेशकै पर्यटकीय जिल्ला बनाइ आर्थिक सम्वृद्धिमा समेत टेवा पु¥याउने गरी गृहकार्य सुरु गर्ने उनको भनाइ छ ।

अमरगढी नगरपालिकाको सम्पुर्ण जिम्मेवारी एमालेको काँधमा आइसकेको भन्दै यसका अलावा पश्चिम सेती आयोजना, रानी–जमरा गुलरिया सिंचाइ आयोजना, तराईका राजमार्ग फराकिलो बनाउने तथा महाकालीमा पुल बनाउने लगायतका
बिभिन्न आयोजना समेत सम्पन्न पार्ने बिश्वास व्यक्त गरेका छन् ।

साथै अमरगढी नगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष सहित एमालेको बिजयी पुरै प्यानललाई बधाइ दिदै आम मतदाता नागरिकहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै बिजयी सभालाई सम्बोधन गर्दै मेयर पदमा निर्वाचित विश्वेश्वर ओझा बिपिनले एमालेका प्रतिनिधिका रुपमा जनतासंग भोट मागेको भएपनि अब सबै नागरिकको प्रतिनिधि भएको बताए ।

भोट माग्ने क्रममा जनता संग गरेका बाचाहरु पुरा गर्ने काममा अघि बढ्ने भन्दै उनले नगरलाई समृद्धशाली बनाउने आफ्नो कर्तब्य हुने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...