१ महिनापछि मराङडाँडा पुग्यो सिआइबी

Bhojpur marandad

काठमाडौं । गत असार १२ मा मृत फेला परेका ३ बालबालिकाको घटनाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली घटनास्थल पुगेर छानविन सुरु गरेको छ ।

अरुण गाउँपालिका ३, प्याउली मराङडाँडाका चेतनाथ फुयाँल र निर्मला फुयाँलका १४ बर्षीया छोरी सुष्मा र ८ बर्षीय छोरा प्रदीप र स्थानीय रविन्द्र सापकोटा र सिता सापकोटाकाका १४ बर्षीय छोरा रन्जितको गत बिहान साढे सात बजे असार १२ गते बिहान साँढे ७ बजे मृत अवस्थामा भेटिएका थिए ।

सो घटनाको चौतर्फी विरोध पनि भइरहेको छ । प्रहरीले निपक्ष रुपमा छाविन हुन नसकेको आरोप लागेपछि सो रहस्यमय घटनाको छानविन गर्न सिआइबीको टोली १ महिनापछि सोमबार घटनास्थल पुगेको हो ।

अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यको नेतृत्वको संयुक्त टोलीले अनुसन्धान गरेको थियो । तर, स्थानीयले निष्पक्ष छानविन नगरेको भन्दै विरोध जनाएका थिए ।

स्थानीयको विरोधपछि काठमाडौंबाट डिएसपी दधिराम न्यौपानेको नेतृत्वमा ‘सीआइबी’ अनुसन्धानका लागि घटनास्थल पुगेको हो । सो टोलीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको यथाशीघ्र छानविनको माग गर्दै स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा २० सदस्यीय संघर्ष समिति गठन गरेर विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

समितिले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित राहत सहितको क्षतिपूर्ति दिनुपर्ने, दोशीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने, गाउँमा शान्ति सुरक्षा कायम गरिनुपर्ने, स्थानीयबासीलाई विस्थापित हुनबाट रोक्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...