तीजका गीत ‘लामो साडी लगाउँदा जिउमा गरम भो, नलगाउँदा झनै सरम भो’

Saraswati lama

काठमाडौं । केही समयअघि ज्योती मगर र तिलक वलीले तीजको गीत भनेर समाजलाई नै अपाच्य हुने गीत बजारमा ल्याए । जुन गीतले नारीहरुको वेदनाभन्दा पनि नारीहरुलाई कलंकित बनाउने थियो । जुन गीतले आलोचना खेप्नुप¥यो ।

तिलक वलीको लय र शब्द रहेको गीतले ‘केरा काटेर, देखियो जामा फाटेर’ भन्दै ज्योति मगरलाई नंग्याएको छ । त्यसै पनि ज्योती मगरलाई नांगिन समस्या पर्दैन । त्यसमा पनि निर्देशकले नंग्याएपछि ज्योतीलाई आफ्ना संवेदनशील अंक देखाउन कुन गाह्रो भयो र ?

उनलाई धेरैले आलोचना गर्छन् । तर, पछिल्ला दिनमा आलोचनात्मक गीत निकाल्नेहरुको भीड नै लागेको छ । जसले संस्कृतिलाई जोगाउने भन्दा पनि संस्कृतिलाई लोप बनाउँदै लाने देखिन्छ ।

पछिल्लो समयमा फेरि सरस्वती लामाको अर्काे तीज गीत आएको छ । यो गीत ज्योती मगरको जस्तो भड्किलो नभए पनि रक शैलीको गीतले तीज गीतलाई विकृत बनाएको छ ।

पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियोमा अत्याधुनिक वाद्ययन्त्रहरु प्रयोग गरेको देखाइएको छ ।

ओए शिव शम्भो
लामो साडी लगाउँदा जिउमा गरम भो
नलगाउँदा झनै सरम भो ।

लामाको गीतले यसै भन्छ । उनका गीतले नेपाली नारीहरुको वेदनालाई इन्कार गरेको छ । बरु छोटा पहिरन तथा डिस्कोमा रमाइलो हुने कुरा गरिएका छन् ।

यो वर्ष मात्रै होइन, यस्ता गीत प्रत्येक वर्ष आउने गर्छन् । जसले गर्दा नेपाली नारी वेदनाका गीतले चर्चा पाउन सक्दैनन् । ‘जमाना बदलिएछ, नारी वेदनाका गीत कम आउन थाल्यो’ संगीतकार सन्तोष श्रेष्ठ भन्छन्, ‘अब यस्तै हो भने अलिक पछि तीजका गीत आउनु र नआउनुमा कुनै अन्तर पर्ला जस्तो लाग्दैन ।’

हुन पनि हो । अघिल्लो वर्षसम्म गायीका कोमल वलीले ‘पोइला जान पाम’ भनेर चर्चा कमाइन् । अहिले उनको चर्चा सेलाएको छ । उनको ठाउँमा ज्योती मगर र सरस्वती लामाहरु आएका छन् । जसले नारी वेदनालाई भन्दा बैंशलाई तीजको गीत ठान्ने गर्छन् ।

प्रतिकृया दिनुहोस