राधाकृष्ण मन्दिरको मुकुट चोरी

नुवाकोट, । विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।

स्थानीय बासिन्दाको पहलमा ५ वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्ण भगवान्को मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले बताए ।

आज बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

चाँदीबाट निर्मित मुकुट चोरी भएकाले संलग्नको पहिचान गरी कारबाहीका लागि स्थानीय भक्तजनले प्रहरीलाई आग्रह गरेका छन् ।

चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत ३२ हजारमा खरिद गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...