रामेछाप रस्नालुका कृषक चियाखेती तर्फ आक्रसित

Chiya bagann

रामेछाप । रामेछाप रस्नालुका कृषक चियाखेतीमा आक्रसित भएका छन् ।  राछापको उमाकुण्ड गाउँपालिकाको वाम्तिमा मात्र गरिँदै आएको चिया खेती गोकुलगंगा गाउँपालिकामा पनि चियाखेतीले विस्तारित रुप लिन लागेको छ ।

गोकुलगंगा गाउँपालिका ३ रस्नालुका किसानहरुले पनि व्यवसायीक रुपमा चियाको खेती सुरु गरेका छन् । रस्नालुका किसानहरुले चियाखेतीलाई व्यवसायीक रुपमा अघि बढाउन बाँझो रहेको जग्गामा चियाको खेती सुरु गरेका छन् । विभिन्न सरकारी निकायहरुसँग समेत समन्वय गरी रकम जुटाएर उनीहरुले चिया खेती सुरु गरेका छन् ।

साविकको रस्नालु गाविस ४ मा सामुहिक रुपमा सूर गरिएको चियावगानले उत्पादन दिन सुरु गरेको छ । अब ३ वर्ष भित्र व्यवसायीक रुपमा नै चियाको उत्पादन गरी बजारमा लैजाने सोच रहेको स्थानीय किसानहरु बताएका छन् ।

चिया खेतीमा सिँचाईको व्यवस्थाको लागि जिल्ला विकास समिति रामेछापको सहयोगमा स्थानीयले २ ठूला ठूलो पोखरी समेत निर्माण गरेका छन् ।

ती पोखरी निर्माणको लागि जिल्ला विकास समितिले १० लाख रुपैयाँ सहयोग गरेको थियो भने स्थानीयले १ लाख २८ हजार श्रमदान गरेका छन् ।

अहिले चिया बगानमा लगाइएका चियाका केही विरुवाहरु उत्पादन दिन लायकका भई सकेका छन् भने केहीले १÷२ वर्षमा उत्पादन दिने देखिन्छ ।

२÷३ वर्ष पछि स्थानीयले समेत रोजगारी पाउनको साथै चियाको समेत व्यवसायीक उत्पादन हुनेमा किसानहरु ढुक्क छन् । रामेछापमा उत्पादित अर्गानिक चियाको विदेशी बजारमा राम्रो माग रहेको छ । रस्नालुमा सुरु भएको यो चियाखेती त्यस क्षेत्रका किसानहरुको आम्दानीको राम्रो स्रोत बन्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...