बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

Morang

मोरङ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार बेलुका पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २१८० नंको यात्रुबाहक बसले विपरीत दिशाबाट जाँदै गरेको को १९ प ९९५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचथर थर्पु गाउँपालिका– ४ बस्ने ३० वर्षीय छवि भट्टराईको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका भाइ २४ वर्षीय उमेश गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिए । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...