दार्जिलिङमा खुकुरी जुलुसमा प्रहरी हस्तक्षेप

फेरि एक जना प्रदर्शनकारी मारिए

Darjiling 5

काठमाडौं । गोर्खाल्यान्डको मागसहित दार्जिलिङमा भइरहेको आन्दोलनको क्रममा प्रहरीले व्यापक धरपकड गरेको छ ।

गोर्खाल्यान्डको मागसहित निकालिएको खुकुरी जुलुसमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि शनिबार बिहान झडप हुँदा अजय क्षत्रीको मृत्यु भएको छ । गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

झडपमा प्रहरीले गोली चलाउँदा दर्जन बढी आन्दोलनकारी गम्भीर घाइते भएका छन् । क्षत्रीको टाउकोमा गोली लागेको थियो । उनको सिलिगुडीमा उपचारका क्रममा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले जनाए ।

बिहान तीनधारे, गाडीधुरालगायतका क्षेत्रबाट आएको खुकुरी जुलुसलाई सुरक्षाकर्मीले दार्जिलिङको प्रवेशद्धार सुकुनामा हस्तक्षेप गरेको त्यहाँ रहेका पत्रकार पर्वत पोर्तेलले जनाएका छन् । उनका अनुसार आन्दोलनकारीले व्यारिकेट तोडेर अघि बढ्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

पछिल्लो समय दार्जिलिङमा भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । केन्द्र सरकारले आन्दोलनकारीको माग सुन्नुपर्ने ठाउँमा थप सुरक्षाकर्मी परिचालन गर्दै आएको छ । यसले गर्दा पनि आन्दोलन अझैं चर्किन सक्ने आन्दोलनकर्मीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...