सिँचाईसम्बन्धी मास्टर प्लान ल्याउँछु : मन्त्री गौतम

Krisi mantri gautam

काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले बबही, भेरी, सिक्टा र रानी जमारा सिँचाई आयोजनालाई समयमै कार्यान्वयन गर्ने बताएका छन् ।

उनले आफु त्यही क्षेत्रको भएकाले पनि आफुले यी आयोजना समयमै सम्पन्न गर्न सरोकारवालासँग छलफल थालेको बताएका हुन् ।

‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु ।’

उनले साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउने बताए । मन्त्री गौतमले कृषि उत्पादनलाई समेत अघि बढाउन बिषेश पहल गर्ने बताए । उनले कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । उनले भने, ‘अन्तर मन्त्रालय समन्वय गरेर खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ ।’

नदी नियन्त्रण, बाढिपहिरो लगायतका प्राकृतिक विपद्को व्यवस्थापन गर्ने र जनतालाई राहत दिनेगरि आफू अघि बढ्ने प्रतिवद्धता जनाए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले कृषियोग्य जमिनमा सिँचाई पु¥याउने योजना रहको बताए । उनले उर्जा क्षेत्रमा नयाँ काम भए अनुसार सिँचाई क्षेत्रमा पनि राम्रो काम हुने विश्वास दिलाए ।

उनले नेपाल कृषि प्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागिपर्ने समेत विश्वास दिलाए । उनले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाईसम्बन्धी नयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।

 

प्रतिकृया दिनुहोस