निर्माण सकिएको २ महिना नपुग्दै पुल भत्कियो

Chanju bridge pic

दमक । इलाम चुलाचुली–२ स्थित चाँजु खोलामा पुल निर्माण सम्पन्न भएको २ महिना नपुग्दै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल उद्घाटन नहुँदै भत्किए पछि भत्किएपछि स्थानीय आक्रोशित धएका छन् ।

चुलाचुलीमा सानाठूला करिब १ दर्जन खोला छन् तर कुनैमा पुल छैन। बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। चाँजुमा बल्लतल्ल बनेको पुल पनि भाँचिएपछि उनीहरू आक्रोशित भएका हुन् । सरकारी पक्षको लापरबाहीले गर्दा चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनुपरेको उनले बताए ।

नवनिर्मित पुल २ सय ४ मिटर लम्बाइको थियो। झोलुंगे पुल महाशाखा काठमाडौंको ७० लाख बजेटमा बनेको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताए। उनले ३ फिट मात्र गाडिएकाले पूर्वपट्टिको एउटा पिल्लर भासिएको जानकारी दिए ।

ठेकेदारलाई पिल्लर गहिर्‍याएर गाड्नभन्दा ३ फिटभन्दा लैजान नमानेको केरुङको भनाइ छ ‘३ फिट मात्र गाडेपछि त्यति बेलै विरोध गरेका थियौं।

केही दिन काम पनि रोकियो,’ उनले भने, ‘तर, ठेकेदारले स्टिमेटभन्दा बढी काम गर्न नसक्ने भन्दै ३ फिटमै पिल्लर गाडेर गयो।’ उक्त पुल किनार छाडेर खोलाको बीचमा बनाउन लागिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो।

पुल भेट्न पूर्वमा डेढ सय मिटरभन्दा बढी र पश्चिममा एक सय मिटर खोला तरेर जानुपर्छ। अध्यक्ष केरुङका अनुसार पुलको सर्भे गरिएको वर्ष खोलो बीचबाटै बगेको थियो ।

तर, गत वर्ष ५ सय मिटर उत्तरको बाँध फुटाएर खोलाले धार परिवर्तन गरेको छ । त्यसपछि खोलाको आकार ठूलो भएकाले पुल बीचमा परेको केरुङले बताए ।

अहिलेलाई खोलाको आकार ठूलो देखिए पनि वास्तविक धार पुल बनेकै स्थानमा हो,’ उनले भने। उनले आवश्यक प्रक्रिया पूरा भइसकेकाले सर्भे गरेकै स्थानमा पुल बनाउन बाध्य भएको बताए ।

‘स्टिमेट नै गलत थियो। त्यत्रो खोला देख्दादेख्दै कसरी बीचमा पुल बनाइयोरु,’ पूर्वगाविस अध्यक्ष ओमनारायण खनालले भने, ‘मान्छे हिँड्न बनाइएको पुल अहिले सेल्फी खिच्न मात्रै काम आएको छ। हामी त पुल मुनिबाटै हिंड्नुपरिरहेको छ।’

बनेलगत्तै पुल भत्किएकोबारे आगामी गाउँसभामा छलफल चलाइने गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले पुल निर्माणबारे विस्तृत जानकारी नभएको भन्दै तत्कालै प्रतिक्रिया जनाउन चाहेनन्। ‘पुल कसरी त्यस्तो भयो, म बुझ्ने काम गरिरहेको छु ।

वडा नं.३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको कार्यालयसम्म आउन उक्त पुल अत्यावश्यक रहेको आंथुपोले बताए। ती वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल जरुरी छ। खोला तर्न नसकेर प्रत्येक बर्षाका कारण २ महिना देखि विद्यार्थीको पढाइ समेत अवरुद्ध हुँदै आएको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...