दलितका मुद्दा नसमेट्दा नयाँ शक्तिमा भाँडभैलो

दलित नेताहरु राजीनामा पत्र तयार पार्न व्यस्त

Naya sakti 13

काठमाडौं । जनयुद्ध कालमा तत्कालीन माओवादीले दलित समुदायका मुद्दालाई समेटेकै कारण दतिहरुले माओवादीलाई साथ दिएका थिए । त्यसबेला दलितका मुद्दालार्इृ सम्बोधन गर्नुपर्छ भन्नेमै थिए डा. बाबुराम भट्टराई पनि ।

उनले नयाँ शक्ति पार्टी गठन गरेसँगै फेरि पनि भट्टराईले दलित समुदायलाई अधिकार दिन्छन् भनेर दलित समुदायका धेरै व्यक्ति उनको पछि लागे । तर, उनले आफ्नो दस्तावेजमा दलितका मुद्दा नउठाएपछि नयाँ शक्तिमा भाँडभैलो मच्चिन थालेको छ ।

शुक्रबार बसेको केन्द्रिय परिषदको बैठकमा डा. भट्टराईले पेश गरेको ८ पृष्ठ लामो राजनीतिक दस्तावेजमा जनजाति र मधेशी समुदायका जायज मागलाई पूरा गर्नुपर्ने भुमिकाका विषयमा उल्लेख गरेका छन् ।

तर, दलित समुदायका समस्या समाधान गर्न एक शब्द पनि नबोलेपछि नयाँ शक्ति पार्टीमा आवद्ध दलित नेताहरु असन्तुष्ट बनेका छन् ।

उनीहरुले डा. भट्टराईले पेश गरेको प्रस्तावमा दलित समुदायका मुद्दा नउठाएपछि केही नेताहरु राजीनामा दिने तयारीमा लागेका छन् । उनीहरुले लामो कालखण्डदेखि उत्पीडनको मुक्ति खोजिरहेका दलित समुदायका मुद्दालाई ओझेल पारिएको, दलित समुदायका हक अधिकारलाई स्थापित गराउने बेलामा पार्टीले एक शब्दसम्म नबोल्नु दलित समुदाय प्रति थप पीडा दिनु हो भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको राजनीतिक दस्तावेजप्रति असन्तुष्ट जनाउँदै नयाँ शक्ति पार्टीका सुशीला श्रीपाइली, कमला हेमच्युरी, दलमर्दन कामी, महेन्द्र सुनार लगायतका नेताहरुले राजीनामा दिने तयारी गरेका छन् ।

दलित नेताहरुले आफ्नो समुदायको मुद्दा नउठाउँदा असहमति जनाउँदै राजीनामा दिने तयारी गरेपछि डा. बाबुराम भट्टराईले आफ्नो राजनीितक दस्ताबेजमा छुटेको भन्दै सच्याउने आश्वासन दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...