पुल भाच्चिएर बस खोलामा खस्यो, २ को मृत्यु २५ घाइते

Kaski ma bus durghatana

पोखरा । कास्कीको रुदीखोलाको अस्थायी पुल भाचिएर बस खोलामा खस्दा २ को मृत्यु भएको छ, भने २५ घाइते भएका छन् ।

पोखराको बेगनास तालबाट लमजुङ हुँदै कास्कीको मादी गाउँपालिका जाँदै गरेको ना ५ ख ६३९५ नं.को बस पुल भाँचिएर रुदी खोलामा खस्दा लमजुङ क्व्होलासोंथर गाउँपालिका ४ का ५० बर्षीय खिमबहादुर गुरुङको मृत्यु भएको छ भने १ मृतकको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परि घाइते भएको २५ जनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । उनीहरु लमजुङको रामबजार र पोखरामा उपचार गराईरहेका छन् ।

बसमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन । नादिमा केहि यात्रु वेपत्ता भएको आशंकामा खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...