जिप दुर्घटनामा १ मृत्यु, १ गम्भीर घाइते

Jeep 11

कलैया, । जितपुर कलैयामा जिप दुर्घटनामा १ मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा शुक्रबार बिहान जिप दुर्घटना हुँदा १ मृत्यु भएको छ भने अर्का १ गम्भीर घाइते भएका छन् ।

माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो ।

जिप चालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...