नारायणी नदीमा पानीको बहाव बढेपछि स्थानीय त्रासमा  

Gandak1

नवलपरासी, । केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नारायणी नदी सहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा त्रास फैलिएको छ ।

नदीमा पानीको बहाव बढ्दै गएपछि त्रास फैलिएको हो । यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।

सुस्ता र प्रतापुर गरी २ गाउ‘पालिका क्षेत्रमा रहेका करिब १ दर्जन गाउ‘बस्तीमा बाढीको जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीले सबैमा आग्रह गरेको छ ।

जिल्लाको दक्षिणी भेगका नर्सहीं, कुडिया, ठूलो खैरटंवा, गुठिप्रसौनीलगायतका एक दर्जनभन्दा बढी गाउ‘बस्ती बाढीको जोखिममा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस