‘आँखा कि मसाल ?’ दोधारमा नयाँ शक्ति

Baburam vattarai

काठमाडौं । भनिन्छ, नयाँ जोगीले धेरै खरानी घस्छ । त्यही भएको छ नयाँ शक्ति पार्टीलाई पनि । त्यसमा पनि नयाँ शक्ति पार्टी ‘न नयाँ, न पूरानो’, खास के हो त ? भनी प्रश्न गर्नेहरुको संख्या बढ्न थालेको छ ।

नयाँ पार्टी घोषणाका बेला नयाँ र वैकल्पिक शक्ति बनाउने उद्घोष गरेका डा. बाबुराम भट्टराईको जोस जाँगर पनि त्यसबेला नयाँ जोगीकै शैलीमा थियो । उत्साह त्यस्तै थियो । भाषण पनि त्यस्तै थियो । तर, उनी फेरि पुरानै जोगी बन्ने अवस्था आएको छ ।

उनले आर्थिक विकासका एजेण्डा उठाएर देशमा नयाँ वैकल्पिक शक्तिको खाँचो औल्याएका थिए । तर, स्थानीय तहको निर्वाचन आउनै लाग्दा विवेकशील दल र साझा पार्टी जन्मिएपछि उनलाई उनको पार्टी ओझेलमा पर्न थालेको छ ।

अहिले फेरि यि दुबै पार्टी एक भइसकेकाले पनि भट्टराईको त्यसबेलाको वैकल्पिक शक्तिको नारा अहिले अर्काे प्रतिष्पर्धीका कारण त्यसबेलाको नयाँ जोगीकै ताल भएको छ । अहिले त ‘न नयाँ न पूरानो’ जस्तो भएको छ ।

चिन्हमा लफडा
ठूलो पार्टीबाट उछिटिएका डा. बाबुराम भट्टराईले त्यो भन्दा ठूलो पार्टी बनाउन पुराना दलहरुको वैकल्पिक शक्ति बनाउन खोजे । तर, स्थानीय तहको निर्वाचनमा ‘वैकल्पिक होइन, जनता विहीन शक्ति’ बन्यो ।

स्थानीय तहको निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल संंघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर भाग लिएको थियो । त्यसबेला एउटा गाउँपालिकासहित ८८ जना विजयी बने ।

त्यसबेला उपेन्द्र यादव नेृतृत्वको संघीय समाजवादीसँग एकताको प्रक्रिया अघि बढेकाले पनि मसाल चिन्ह लिएर निर्वाचनमा भाग लिएको थियो । तर, अहिले संघीय समाजवादीसँग लगभग एकता नहुने निश्चित भइसकेको अवस्थामा अब कसको चिन्ह लिएर तेस्रो चरणको निर्वाचनमा भग लिने भन्ने विषयमा नयाँ शक्ति अन्योलमा परेको छ ।

एकाथरी नेताहरुले जे जस्तो भए पनि मसाल चिन्ह लिएर चुनावमा जानुपर्ने तर्क अघि सारिरहेका छन् भने मधेशी नेताहरु भने मसाल चिन्ह लिनै नहुने पक्षमा देखिएका छन् ।

पूर्ववत सहमति अनुसार नयाँ शक्तिले पनि मसाल चिन्हबाटै निर्वाचनमा लड्नुपर्छ । नयाँ शक्तिका नेता पासाङ शेर्पाले प्रदेश रसंसदको निर्वाचनमा ‘आँखा’ चुनाव चिन्ह लिएर जाने तर, स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मसाल चिन्हबाट भाग लिने बताउँछन् ।

२ प्रदेशकै नेताहरु संघीय समाजवादी फोरमसँग कुनै पनि हालतमा मिल्ने पक्षमा छैनन् । जारी केन्द्रिय परिषदको बैठकमा सहभागी मधेशका जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुले डा. बाबुराम भट्टराईको आलोचना गर्दै उपेन्द्रसँग एकता गर्न नहुने सुझाव दिएका थिए । योसँगै नयाँ शक्ति नेतृत्व अलमलमा परेको छ ।

२ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताहरुले फोरमबाट हेपिएको, पेलिएको र टिकट दिन पाउनै समस्या रहेको रिपोटिङ गरेपछि नयाँ शक्तिका नेतृत्वहरुले अब के गर्ने भन्नेमा अनिर्णित बनेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिकृया दिनुहोस