प्रलोभनमा बेचिन्छन सुर्खेतका चेलीबेटी  

Chelibet bech bikhan

सुर्खेत, । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ ।

मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् ।

सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् ।

सुर्खेतमा चेलीबेटी बेचबिखन बाहिर नदेखिए पनि आन्तरिक रुपमा यसको जालो ठूलो रहेको महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख जमुना पौडेलले बताए ।

अदालत र कानुनी सहायता केन्द्रको रिपोर्टअनुसार सुर्खेतमा चेलीबेटी बेचबिखन अत्यधिक मात्रामा हुने गरेको छ ।

जनचेतनाको अभाव र गरिबीका कारण महिला प्रलोभनमा परेर बेचिने गरेको उनले उल्लेख गरे । साबिक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिला बेखबिखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिए ।

यी स्थानहरुमध्ये मैनतडाबाट बढी महिला भारत लगायतका मुलुकमा बेचबिखन हुने गरेको पुष्टि गरे । कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको प्रमुख पौडेलको भनाइ छ ।

यौन शोषण, दासता, मानव अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यका लागि सुर्खेतका महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । विधिको दुरुपयोगका कारण पनि महिला बेचबिखनमा पर्ने गरेको उनको तर्क छ ।

बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकांश युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गर्दछन् । मानव ओसार–पसार रोक्नका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताए ।

बेचबिखन रोक्नका लागि साबिकका १० गाविस र पूर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ ।

बुधबार वीरेन्द्रनगरमा मानव बेचबिखनविरुद्ध पौरखी समूहले चेलीबेटी बेचबिखन विरुद्धमा हाम्रो अभियानसम्बन्धी एकदिने अन्तरक्रिया पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...