मार्सल आर्ट च्याम्पियन सीपमा ४ खेलाडी सहभागी

Thailyanda marsal arts

काठमाडौं । थाईल्याण्डमा सुरु भएको एसियाली मार्सल आर्ट च्याम्पियन सीपमा चार नेपाली खेलाडीहरुले सहभागिता जनाएका छन् ।

चाङमाई सिटीमा १० साउनदेखि सुरु भएको सो च्याम्पियन सीपमा तङ्ग इल मोदो संघ नेपालको तर्फबाट निमा बिष्ट, भीमकुमारी चौधरी, सञ्जिवकुमार चौधरी र तेजबहादुर सिंहले सहभागिता जनाएका छन् । सो च्याम्पियन सीपमा विश्वका दजनौ देशबाट तङ्ग इल मोदा तथा अन्य मार्सल आर्टका खेलाडीहरुको समेत सहभागिता रहेको छ ।

तङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष ईश्वर भट्टका अनुसार मार्सल आर्टमार्फत शान्तिलाई बढवा दिने उदेश्यसहित थाइल्याण्डमा खेलको आयोजना गरिएको हो । खेलको माध्यमबाट धर्म, संस्कृति, जाति भन्दा माथी उठेर खेलको माध्यबाट भाईचाराको सम्बन्ध स्थापित गराउने आयोजकको विश्वास छ ।

१८ वर्षदेखि ५५ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको एसियाली मार्सल आर्ट च्याम्पिन सीपमा तौल समुहको आधारमा प्रतिस्प्रर्धा गर्राने छ । सो च्याम्पियन सीप १६ गतेसम्म संञ्चालन हुनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...