नवनियुक्त उर्जामन्त्री शाही भन्छन्, मलाई मर्न डर छैन

Urja mantri shahi

काठमाडौं । नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा खोला बोकेर हिँड्ने दलालीलाई जसरी पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री शाहीले झोलाम खोला बोकेर हिड्ने तर काम नगर्ने दलालीहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने चेतावनी दिएका छन् । ‘खोला कब्जा गरेर मात्रै हुँदैन, त्यसका लागि काम पनि गर्नुपर्छ’ उनले भने, ‘विना काम झोलामा खोला बोक्ने काम बन्द गर्नुपर्छ, नत्र म कारवाहीको दायरामा ल्याएरै छाड्छु ।’

विहीबार रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले मुलुक र जनताको हितको पक्षमा निर्णय लिनको लागि आफू कसैसँग पनि नडराउने बताए । ‘मर्नदेखि मलाई कुनै डर छैन, अख्तियार र अदालतले केही गर्छ भन्ने कुराबाट म डराउनेवाला छैन’, उनले भने, ‘जेल जान र मर्न पनि म तयार छु तर जनता र देशको हितमा निर्णय लिने कुराबाट एक ईन्च नि पछि हट्दिन् ।’

मन्त्री शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी पनि दिए । उनले मुआब्जा दिन चाहिने करिब ६० अर्ब रुपैयाँ चाडै वितरण गर्ने बताए ।

उनले एक हप्ताभित्रै विद्युत महशुल कारोबार अनलाईन डिजिटल प्रणालीमा अघि बढाउने समेत बताए । उनले भने, ‘एक हप्ताभित्रै अनलाईनबाटै पेमेन्ट सुरु हुँदैछ, यसको लागि मैले निर्देशन दिइसकेको छु ।’

मन्त्री शाहीले बुधबारै आफ्नो पदभार सम्हाहिसकेका छन् ।

माओवादीका जनार्दन शर्मा उर्जा मन्त्री हुँदा देशलाई लोड सेडिङमुक्त गरेकाले मन्त्री शाहीलाई त्यसलाई निरन्तरता दिन ठूलो चुनौती थपिएको छ । तर, उनले आफुले त्यो चुनौतीको सामना गरेरै छाड्ने दावी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...