के होला भरतपुर प्रकरणको परिणाम ?

Sarbochcha adalat

काठमाडौं । पहिलो र दोस्रो चरणको निर्वाचनको मत परिणाम आइसक्दा पनि भरतपुर महानगरपालिकाको मत परिणाम अझैं अनिश्चित बन्दै गएको छ ।

वडा नं. १९ मत गणना भइरहेका बेला माओवादी कार्यकर्ताले नै मत पत्र च्यातेका थिए । तर, त्यसविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा पनि लामो समयदेखि हेर्दा हेर्दैमा टुंगिने गरेको छ ।

पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुँदै आएको छ । यसरी पटकपटक हेर्दाहेर्दैमा टुंग्याइने गरेका कारण भरतपुरको निर्वाचनको अवस्था के हुने भन्ने बारे अझैं अन्योल छ ।

भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत २१ जेठमा सर्वोच्चमा रिट दायर भएको थियो ।

मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा माथिको बहस बिहीबार पनि भइरहेको छ । लामो समयदेखि सर्वोच्चमा बहस भइरहेको भरतपुर मुद्दाको फैसला आज हुने अपेक्षा गरिएको छ ।

गत मंगलबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...