१ सय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै  

Timthumb.php

पोखरा, । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १ सय ५० वर्षपछि पुनःनिर्माण हुने भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो ।

समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचका क्रममा भूकम्पले मन्दिरको जगैदेखि क्षति पु¥याएको पाइएको छ ।

‘जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएकाले यसका लागि ३ करोड लाग्ने पूर्व अनुमान गरेका छौँ,’ उनले भने – ‘पूरानै स्वरुपमा निर्माणका लागि पुरातत्व विभागबाट अनुमति प्राप्त भइसकेका कारण पुनःनिर्माणका लागि मन्दिरको नक्सा तयार गर्न लागेका छौँ ।’

आगामी दशैँअगावै मन्दिरको नक्सा तयार गरिने र त्यसपछि ६÷७ महिना अर्थव्यवस्थापन गरी निर्माण कार्यलाई अघि बढाइने लक्ष्य राखिएको जानकारी दिए ।

रमणीय जंगलको बीचमा उच्च स्थानमा अवस्थित यो मन्दिरमा पुग्न फेदीबाट दुईवटा बाटो रहेकामा पूर्वी भागबाट २९२ वटा सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २ सय ६५ सिँढी उक्लनुपर्छ ।

दैनिक भक्तजन आइरहने यो मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्छ ।

प्रतिकृया दिनुहोस