खानेपानीको अभाव झेल्दै १ सय घर परिवार  

Pani3

 

डडेल्धुरा,। मध्ये वर्षात भइसक्दा पनि डडेल्धुरा भित्री मधेशका १सय घर परिवारले लामो समय देखि खानेपानीको अभाव झेलिरहेका छन् ।

डडेल्धुरा परशुराम नगरपालिका–६, रामपुरका स्थानीय बासिन्दा करिब आधा घण्टाको दूरीमा रहेको रंगुन नदीमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।

खानेपानीको अभावमा यहाँका स्थानीय बासिन्दालाई शौचालयदेखि सरसफाइका लागिसमेत समस्या हुने गरेको छ ।

करिब ५ वर्ष पहिले घर घरमा धारा निर्माण गरिएको भए पनि मूलमा पानी सुकेर जाँदा ती धारामा पानी नै आउँदैन । विस्तृत अध्ययनबिना खानेपानी योजना निर्माण गरिएकाले धारामा पानी नआएको हो ।

गाउँ नजिकै रहेको खोलाको पानी जम्मा गरेर आफ्नै पहलमा गाउँमा बनाइएको सानो ट्यांकीमा जम्मा गरिएको पानी दिनमा एकपटक मात्रै खोलिने र त्यसैबाट एक गाग्री मात्रै पानी वितरण गर्ने गरिएको छ ।

थप खानेपानीका लागि खोलाको फोहर पानीमा भर पर्नुपर्ने बाध्यता रहेको रामपुरवासीको भनाइ रहेको छ ।

रामपुर गाउँमा खानेपानीको समस्या रहेकाले चाँडै नै खानेपानी योजना बनाउने परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी गराए ।

रामपुरवासीलाई खानेपानीको साह्रै समस्या भएकाले सो गाउँमा खानेपानी पु¥याउनका लागि पहल गरिने प्रमुख साउदले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...