देउवाले जिल्याए थापा काजीलाई

वार्ता समिति भंग गरेको राप्रपाको घोषणा

Kamal thapa deuwa

काठमाडौं । नयाँ सरकार गठन भएदेखि नै सरकारमा जान खुट्टा उचाल्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारप्रति निक्कै आक्रोसित बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषदको बिस्तार गर्दा राप्रपालाई सहभागि नबनाएको झोकमा राप्रपाले सरकारसँग वार्ता गर्न बनाएको समिति नै भंग गरेको छ ।

राप्रपाले महामन्त्री जयन्त चन्दको नेतृत्वमा दिलनाथ गिरी र कुन्ती शाही सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, देउवाले मन्त्रिपरिषद बिस्तार गर्दा आफुलाई वेवास्ता गरेको ठहर गर्दै राप्रपा अध्यक्ष कमल थापाले विज्ञप्ति जारी गर्दै आजदेखि सरकारसँगको सम्बन्ध सकिएको र त्यसका लागि गठन गरिएको वार्ता समिति भंग गरेको उल्लेख गरेका छन् ।

किन जिल्याए देउवाले ?
प्रधानमन्त्रीसहित सत्ता गठबन्धन दल माओवादीले राप्रपाका सांसदहरुले संविधान संशोधनमा सहयोग गर्ने अपेक्षा गरेका थिए । तर, राप्रपाभित्रका असन्तुष्ट समुहले संविधान संशोधनमा सहभागी नबन्ने संकेत गरेपछि सरकार समर्थक दलले राप्रपाको प्रतिवद्धता खोजेका थिए ।

आफु सरकामै जानका लागि राप्रपाको केन्द्रिय समितिको बैठकले सबै सांसद एक ढिक्का भएर संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको थियो । तर, सरकार पक्ष विश्वस्त हुन नसक्ने अवस्था आउँदा देउवाले राप्रपालाई बुधबार मन्त्रिमण्डलमा समावेश गरेका थिएनन् ।

बुधबार सरकारमा सहभागी नगराए पनि देउवाले राप्रपाका लागि ४ वटा मन्त्रालय छुट्टयाएका थिए । तर, राप्रपाले भने उपप्रधानसहित ५ मन्त्रालय माग्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...