कांग्रेसले बनायो दलितलाई मन्त्री, अन्य पार्टी किन चुके ?

Safat grahan

काठमाडौं । जतिसुकै समावेशीको कुरा गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार समावेशी बन्न सकेन ।

बुधबार मन्त्रिपरिषद बिस्तार गर्दा नेपाली कांग्रेसले मीनबहादुर विश्वकर्मालाई बाणिज्य मन्त्री बनाएको छ । नेपाली कांग्रेसले जीवन परियारलाई पनि मन्त्री बनाउने चर्चा थियो ।

देउवाका दाहिने हात भनिएका विश्वकर्मालाई बिहानसम्म सुचना तथा सञ्चार मन्त्रालय दिइने आश्वासन दिइएको थियो । तर, उनलाई अन्तिम समयमा बाणिज्य मन्त्रालयको जिम्मेवारी दइएको छ ।

नयाँ मन्त्रिमण्डल गठनको तयारी भइरहँदा माओवादीले सिता नेपालीलाई मन्त्री बनाउने भनेको थियो । तर, अन्तिम समयमा उनलाई आफ्नो सुचीबाट हटाएको छ । समावेशीको खोक्रो कुरा गर्ने माओवादीले समेत दलितलाई मन्त्री बनाउन सकेन ।

देउवा सरकारमा १० जना मधेशी समावेश भएका छन् भने दुई जना जनजाति मन्त्री बनेका छन् । दुई जना महिलामध्ये १ जना मधेशी महिला मन्त्री बनेकी छन् ।

यो मन्त्रिपरिषदमा नेपाली कांग्रेसकी अम्बिका बस्नेतलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माओवादीकी आशा खनाल महिला तथा बालबालिका मन्त्री बनेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...