साझा र विवेकशीलबीच एकता घोषणा

Rabindra mishra and ujawal thapa

काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीचपार्टी एकता भएको घोषणा गरेको छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ । नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ ।

साझा पार्टी र विवेकशीलको पार्टी एकताले नयाँ विकल्प तयार भएको नेताहरुले दाबी गरे । एकता घोषणा कार्यक्रममा सहसंयोजक मिश्रले अहिलेका नेताहरु लडाई लडेको र उनीहरुको योगदानको कदर गर्ने तर, सम्बृद्धिको नेतृत्व गर्न नसक्ने बताए । उनले भने, ‘उनीहरुले सम्बृद्धिको लडाई अगाडि लैजान सक्नु हुन्न ।’

स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएको भन्दै उनले भने, ‘हाम्रो आग्रह छ, अब देशले मुहार फर्ने मौका नगुमाओस् । विकल्प तयार भएको छ ।’

पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ । छिट्टै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् । दुई पार्टीबीच स्थानीय तहको चुनाव अघि नै पार्टी एकता वा चुनावी तालमेल दुबै विकल्पमा छलफल भएको थियो । तर, दुबै पार्टीले मेयर आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकामा समेत तालमेल हुन सकेन ।

काठमाडौंमा सम्मानजनक मत पाएपनि अन्यत्र दुबै दलका उम्मेदवारले मत ल्याएनन् । ‘जनमत दुबै पार्टी मिलेर जानुपर्छ भन्ने रहृयो,’ साझा पार्टीका एक नेताले भने, ‘नमिल्दा संगठन निर्माण गर्न पनि गाह्रो भएपछि एकता भएको हो ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...