थपिए १९ जना मन्त्रीहरु

यस्तो छ नयाँ मन्त्रीहरुको पदीय जिम्मेवारी

काठमाडौं । लामो समयपछि प्रधानमनत्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

आफ्नै पार्टीभिको आन्तरिक किचलो मिलाउन नसक्दा प्रधानमन्त्री देउवाले ५१ दिनसम्म नयाँ मन्त्री थप्न सकेका थिएनन् ।

आज प्रधानमन्त्री देउवाले नयाँ मन्त्रिमण्डल बिस्तार गर्दा भीमसेनदासलनई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् भने वीरबहादुर बलायरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मवारी दिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाटै यज्ञबहादुर थापा (कानुन), मीन विश्वकर्मा ( वाणिज्य), मोहन बस्नेत (सूचना तथा सञ्चार), सञ्जय गौतम (सिँचाई), रामकृष्ण यादव (कृषि), राजन केसी (युवा तथा खेलकुद), अम्बिका बस्नेत (सहकारी तथा गरिबी निवारण), महेन्द्र यादव (खानेपानी तथा सरसफाई) मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी महेन्द्रबहादुर शाही (उर्जा), आशा खनाल (महिला तथा बालबालिका), शिव मण्डल (आपूर्ति), सन्तकुमार चौधरी (पशुपंक्षी विकास) र टेकबहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहित भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...