जुम्लाका स्थानीय तहमा बजेट निकासा

Bajet 696

जुम्ला, । जुम्लाका ८ वटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो ।

कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा ७ करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा ६ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा ५करोड ४५ लाख ३५ हजार, तातोपानीमा ७ करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा ६ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा ७ करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा ५ करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा ५ करोड ६९ लाख ३६ हजार बजेट निकासा गरिएको छ ।

वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप ८ वटै स्थानीय तहमा कूल ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताए ।

प्रतिकृया दिनुहोस