माओवादीबाट ६ मन्त्रीको टुंगो को को परे त ?  

काठमाडौँ, । नेकपा माओवादी केन्द्र ले सरकारमा पठाउने ६ मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरिराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको उनले बताए । केन्द्रका तर्फबाट यसअघि जेठ २४ गते ३ मन्त्री नियुक्त भइसकेका छन् ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस