दाङको भित्री सिक्टा जाने नंगलमा ५ थान बन्दुक बरामद

Bandukh bramd

दाङ, । राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा ५ थान बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले बरामद गरेको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

६÷७ जना अज्ञात व्यक्तिले १ नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा खानतलासी गर्दा प्रहरीले लोड गरिएको १ नाले भरुवा बन्दुक ५ थान, काटिएको लत्ताको टुक्रा ५ थान, कपडाको थैली, १ बारुद भएको प्लास्टिकको बट्टा २ बारुद भएको आल्मुनियमको बट्टा एक, सलाइको बट्टा ७ र ३८ छर्रा भएको कपडाको पोको १ थानलगायतका बस्तु बरामद गरेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...