१९ मन्त्री थप गर्ने देउवाको तयारी : दिउँसो २ बजे सपथग्रहण गराइने

Sher bdr deuba yf7

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिँउसो मन्त्रिपरिषद् बिस्तार गर्दैछन् । काँग्रेससहित सत्ता साझेदार दलका नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

आफ्नै पाटीमा मन्त्रालय विवाद मिलाउन नसक्दा सरकार विस्तार लम्ब्याएका देउवाले काँग्रेससहित सत्ता साझेदार दलका नेतालाई सरकारमा सहभागी गराउन १९ मन्त्री थप गर्ने तयारी गरेका छन् ।

हिजो राति पार्टीभित्रको मन्त्रालय संख्या विवाद मिलाएपछि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न लागेका हुन् । मन्त्रालय संख्या मिलाउन र हिजै मन्त्रिपरिषद विस्तार गर्न दिनभर कसरत गरेका देउवा असफल भएपछि मन्त्रिपरिषद विस्तार आजलाई सारेका थिए ।

श्रोतका अनुसार प्रधानमन्त्री देउवाले नयाँ मन्त्रिहरुको सपथअघि मुख्यसचिव र केही सचिवहरुलाई बालुवाटार बोलाएका छन् । मुख्यसचिवलगायतसँग छलफल गरेर सपथको समय तया हुने बालुवाटार श्रोतले जनाएको छ । श्रोतका अनुसार दिउँसो २ बजे नयाँ मन्त्रिहरुको सपथग्रहण गराउने तयारी देउवाले गरेका छन् ।

 जेठ २४ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन ३ उपप्रधानमन्त्रीसहित ७ लाई सरकारमा सहभागी गराएका देउवाले आज कांग्रेसका १०, माओवादीका ६, फोरम लोकतान्त्रिकका २ र नेकपा संयुक्तबाट एक नेता मन्त्रिमण्डलमा सहभागि हुदैछन् ।

सत्तारुढ दल माओवादीसँग भएको सहमतिअनुसार कांग्रेस १३, माओवादी केन्द्र ९, फोरम लोकतान्त्रिक ३, नेकपा संयुक्त १ र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलका लागि ४ मन्त्रालय छुट्याएपनि यो पटकको मन्त्रिमण्डल विस्तारमा राप्रपा सहभागि हुने सम्भावना नरहेको प्रधानमन्त्री देउवाका सहयोगिहरुले बताएका छन् ।

श्रोतका अनुसार राप्रपालगायतका दलका लागि छुट्याइएका ४ मन्त्रालय भने हाललाई प्रधानमन्त्री आफैले राख्ने भएका छन् ।पछिल्लो सहमतिअनुसार कांग्रेसले रक्षा, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात, सिँचाइ, खानेपानी तथा सरसफाइ, कृषि विकास, सहकारी तथा गरिबी निवारण, कानुन, युवा तथा खेलकुद, वाणिज्य मन्त्रालय पाउनेछ ।

त्यस्तै माओवादी केन्द्रले आपूर्ति, पशुपन्छी विकास, महिला बालबालिका तथा समाजकल्याण, ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ ।

उता फोरम लोकतान्त्रिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भूमिसुधार तथा व्यवस्था पाउनेछ भने नेकपा संयुक्तले जनसंख्या तथा वातावरण पाउनेछ । राप्रपाका लागि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण छुट्याइएको छ ।

अन्ततः पौडेल पक्षले ६ मन्त्रालयको दाबी गरे पनि चारमै चित्त बुझाएको छ । पौडेल पक्षले रामकृष्ण यादव, सञ्जय गौतम, यज्ञबहादुर थापा राजेन्द्रकुमार केसी सरकारमा सहभागी हुने भएका छन् ।

सभापति देउवा पक्षबाट मीन विक, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुने भनिएपनि देउवा पक्षका यी नामहरु सपथ ग्रहण हुनेवेला सम्म परिवर्तन हुनसक्ने नेताहरुले बताएका छन् । कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत पनि मन्त्री हुनेछन् ।

सत्तासाझेदार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तबहादुर चौधरी, आशा कोइराला, सीता नेपाली मन्त्री बन्ने भएका छन् । माओवादीका तर्फबाट मन्त्रि बनाइन लागेका नामहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पार्टीका शीर्ष नेतासँग छलफल गरेर प्रधानमन्त्री देउवालाई बुझाउने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस