नापतौल र पेट्रोलियममा ठगी गर्नेलाई कारबाही  

Nepal oil

 

काठमाडौँ, । नापतौल र पेट्रोलियम पदार्थमा ठगी गर्ने व्यापारीलाई कारबाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले १ वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा २ हजार २ सय २९ व्यापारीलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिए ।

कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग १ करोड १७ लाख ४८ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा सो कार्यालयले ८३ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा ४ हजार ९ सय ४४ जनाले नापतौल जाँच र २ हजार ४ सय २६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस