राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने

काठमाडौँ, । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको ३ दिनभित्र पुनर्गठन गर्ने भएको छ ।

तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन ।

स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर राजनीतिक गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ ।

भ्रातृ संगठन पुनर्गठन गरी प्रमुखलगायतको समूह तोक्ने, देशैभर संगठन सुदृढीकरणका अभियान सञ्चालन गरी पार्टीका नीति तथा सिद्धान्तलाई जनताको घर दैलोमा पु¥याउने उद्देश्य राखिएको छ ।

पार्टीका विद्यार्थी, युवा, महिलालगायत क्षेत्रमा करिब २० वटा जनवर्गीय संगठन छन् ।

प्रतिकृया दिनुहोस