देउवा क्याम्पबाट बाहिरिए गाडीवालादेखि सारीवाला

Deuba 11

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मन्त्री बन्नैका लागि क्याम्प परिवर्तन गर्नेहरु धेरै थिए । कतिले त मन्त्री बनाइदिन गुहार माग्दै भारतीय दुतावासमा बास बस्नेहरु थिए ।

त्यति गर्दा पनि देउवाले मन्त्री नबनाउने भएपछि उनीहरुको निद हराम भएको छ । खासगरी मन्त्री बन्नैका लागि दुताबासको शरणमा पुग्ने र देउवालाई खुसी बनाउन उपहार टक्र्याउनेहरु बाढीले उछिट्याएको माछा झै बनेका छन् ।

नोपली कांग्रेसभित्र नेता धेरै छन् । त्यसमा पनि ‘दाई’वादमा रमाउनेहरुको त भीड नै छ । जसले दाई भन्दैन, उ कांग्रेस नै हुँदैन भन्नेहरु पनि छन् । त्यही भएर ‘ठूला दाई’हरुलाई फकाउन गाडीदेखि सारीसम्म दिने गरेको चर्चा बेलबखत चल्ने गर्छ । तर, दर्भाग्य यो पटक गाढीवालादेखि सारीवालासम्मै बाहिरिएका छन् ।

यसरी बाहिरिनेको सुचीमा संखुवासभाका दिपक खड्कासमेत पर्छन् । उनले फुल मन्त्री बनाईदिन सुशील कोइरालालाई गाढी र देउवा पत्नि आरजुलाई सारीसम्म टक्र्याएका थिए । तर, ‘ठूला दाई’हरुको आर्शिवाद पाउन सकेनन् ।

उनी ‘ठूला दाई’को आशिर्वादबाट मन्त्री बन्न नपाउने अवस्था आएपछि ‘ठूला दाई’को क्याम्प परिवर्तन गरी पत्रकारको सहयोगमा भारतीय दुतावासको शरणमा समेत पुगेका थिए । तर, दुतावासले पनि नपत्याएपछि उनी निरास बनेका छन् ।

त्यसैगरी मन्त्री बन्ने चर्चामा रहेर पनि पूर्वमन्त्री बलबहादुर केसी देउवा मन्त्रिमण्डलमा परेनन् । जसलाई धेरैले मन्त्री बन्ने सुचीमा अटाएका थिए । तर, अन्तिम समयमा आएर सबैलाई मिलाउँदा केसी देउवाको सुचीबाट कट भएका छन् ।

अहिले प्रधानमन्त्री देउवाले पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत बन्त्री बन्दैछन् । त्यसैगरी पूर्वका तारा भनेर चिनिएका भीष्मराज आङ्देम्बे पनि अन्तिम समयमा आएर देउवा क्याम्पबाट आउट भएका छन् । देउवाले उनलाई मन्त्री बनाउन लागेको भए पनि अन्तिम समयमा क्यान्सिल नै गरेका थिए ।

मंगलबार साँझसम्म कमला पन्त र सरिता प्रसाईको नाम निक्कै चर्चामा थियो । तर, यी दुवै देउवा मनत्रीमण्डलमा नअटाउनेमा पर्छन् । अहिले यी दुबैलाई अभागी नारी भन्न थालेका छन् । मन्त्री बन्ने चर्चा चलेपछि बद्री पाण्डे मन्त्री बन्ने सुचीबाट आउट भएका छन् ।

कांग्रेसमा चाप्लुसी कै भरमा मन्त्री हत्याउन सकिन्छ भन्ने छ । त्यही भएर पनि आफ्नो पकट बलियो बनाउने भन्दा पनि चाप्लुसीमा लाग्ने धेरै देखिएको छ । यसरी चाप्लुसी गर्नेमा रामहरी खतिवडा कम छैनन् । उनी पनि मन्त्री बन्न देउवाको चाकडीमा धेरै लागेकै हुन् । तर, देउवाले मुन्टो बटार्दा उनी लिष्टमै परेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...