नेतृत्वकर्ता नै छाउगोठमा जान बाध्य

Chaugoth surket

सुर्खेत । पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमकला विक छाउपडी (रजस्वला) बार्ने चलन विरुद्धको अभियानमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमकला नै छाउगोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् ।

‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे’, उनी भन्छिन्, ‘त्यसबेला गाउँका सबै चुप भए, हामीले घर(घरमा पुगेर छाउगोठ भत्कायौं । अहिले अभियान हरायो, एक्लै प्रतिवाद गर्न सक्ने अवस्था छैन ।’ धार्मिक अन्धविश्वासका कारण गाउँलेले फेरि छाउगोठ ठड्याउन थालेको उनी बताउँछिन् । छाउ नबार्दा अनर्थ भएको भन्दै दबाब दिएपछि अहिले आफू पनि महिनावारी हुँदा गोठमा सुत्ने गरेको उनको भनाइ छ ।

उमकला मात्र होइन, जिल्लामा छाउपडी उन्मूलन अभियानको नेतृत्व गरेकाहरू नै अहिले छाउगोठमा जान बाध्य छन् । अभियान कमजोर भएको र छाउ बार्ने पक्षधर बलियो हुँदै गएपछि अभियन्ता नै छाउगोठमा सुत्नुपर्ने अवस्था आएको हो । जिल्लाको पश्चिमी क्षेत्र बाबियाचौर, तातापानी, विद्यापुर, गुटु, घाटगाउँ र बेतानमा अभियान सञ्चालन हुँदा महिला र किशोरी नै अभियानको नेतृत्वकर्ता थिए । हिजोआज उनीहरू आफैं छाउगोठमा फर्किएपछि स्थानीय धामीझाँक्रीको मनोबल बढेको छ ।

अभियानका बेला छाउगोठ भत्काउन सहमति दिने धामीझाँक्रीले यतिबेला देउताका लागि पनि छाउ बार्न भन्दै दबाब दिइरहेका छन् । ‘छाउगोठमा ज्यानको बाजी लगाएर सुत्नुपरेको छ, देउताको नाममा कहिलेसम्म हामीले पीडा भोग्ने ? यो गलत प्रथा हटाउनै पर्छ, त्यसका लागि ठूलो बल आवश्यक छ’, पञ्चपुरी–६ की किशोरी अमृता कँडेल भन्छिन् ।

अन्नपुर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...