घिमिरेले ल्याए ‘बचन न लाउ है’

Bachan nalau hai

पोखरा । नारीहरुको महान चाड हरितालिका तीजको अवसर परेर सर्जक केशव घिमिरेले ‘बचन न लाउ है’ बोलको गीत सार्वजनिक गरेका छन् ।

घिमिरेले ८ वर्षदेखि निरनतर रुपमा तीजका गीत निकल्दै आएका छन् । यसैक्रममा उनले यो वर्ष ‘बचन न लाउ है’ बोलको गीत बजारमा ल्याएका हुन् । उनले आफैंले निर्देशन गरेको ‘बचन न लायन है’ मा नारायणराज कुवर, सारीका केसी, विकास कार्की र राजकुमार सुनारले अभिनय गरेका छन् । सो म्युजक भिडियोको निर्देशन घिमिरे आफैंले गरेका छन् ।

चन्दन म्युजिकले बजारमा ल्याएको सो गीतमा केशव घिमिरे र देवी घर्तीको स्वर छ भने घिमिरे कै शब्द र लय छ ।

निकै मार्मिक शब्द रहेको ‘बचन न लाउ है’ गीतको म्युजिक भिडियो पनि उत्कृष्ट छ । उनको यो गीत मौलिक र पारिवारिक गीत भएकाले सबैले एकपटक हेरिदिन आग्रह पनि गरेका छन् । गीतमा नारीलाई घरको समस्याले गर्दा तीजपछि माइत जान आग्रह गरिएको कथा समावेश छ ।

घिमिरेले यसअघि ‘किन्दिउला म चुरा, म पनि के छु र कमी, चट्ट सारी मिलाएर लाउन सिकाई दिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर, एक नम्बर, पुराना भाका नै हराछन्’ जस्ता तीज गीत बजारमा ल्याएका थिए । उनले जेलमा थुनेनी, रुन्छु बाह्रै महिना, देखन मन लाइरन्छ, धर्ती फाट्ला, आधीखोला तरेर लगायत १ सय २० भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस