नेपालको विश्वकप खेल्ने सपना चकनाचुर

Nepali cricket player

काठमाडौँ, । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

सिंगापुरको इन्डियन क्रिकेट क्लबमा मंगलबार भएको अफगानिस्तान विरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछ ।

विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको छनोट खेलमा सहभागी अन्य २ राष्ट्र आयोजक सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।

अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४० दशमलव ६ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । पाँचौँ नम्बरमा आएका ऐरीले ८१ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे ।

खराब शुरुवात गरेको नेपाल खेलको ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत छ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि २ रन जोड्दै मैदान बाहिरिए ।

तेस्रो नम्बरमा आएका प्रनित थापामगरले खाता नै खेल्न सकेनन् भने अनिल साह पनि छ रनमै समेटिए । नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।

सत्रौँँ ओभरमा नेपालले पाँचौँ विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । पौडेलले तीन रन मात्र जोडे । पवन सर्राफ १०, प्रकाश केसी १०, कप्तान सन्दीप लामिछाने दुई तथा शाहव आलमले पनि अविजित दुई रन मात्र जोड्न सके ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ को योगफल बनाएको थियो ।

अपगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारी खेल । १ सय १४ बल खेलेका उनले पाँच छक्का र सात चौका प्रहार गर्दै १ सय १ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे ।

जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर ब्याट्सम्यान नबिद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्ख्र सिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र पवन शर्राफले समान एक/एक विकेट हात पारे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...