हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : अन्यायको जरो हलोमा अड्किएकाले हलो जोत्न साहस गरे

Gangu khadayat

बझाङ । महिलाले हलो जोत्दा अनिष्ट खडेरी पर्छ, अनिकाल लाग्छ, भन्ने मान्यता समाजमा अहिले पनि कायमै रहेको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको छन् । तर यस्ता कुसंस्कारका बिरोध गर्ने कतिपय महिलाहरुले समाजमा आफ्नो राम्रो पहिचान समेत बनाएका छन् ।

यसैको एक पात्र हुन गंगु । विसं २०२० मा भारतको कर्नाटकामा जन्मिएकी गंगु साविक पाराकाट्ने गाविसका दिलबहादुर खडायतसँग विवाह गरेर २०४१ सालतिर बझाङ आएकी हुन् ।

सूचना प्रविधिको शहरका रुपमा परिचित भारतको बेङ्लोर सहरमा हुर्किएकी गंगुले बझाङ जस्तो अन्धविश्वासको पराकाष्ठा रहेको ठाउँमा आएर स्थापित हुन थुप्रै संघर्ष गरेकी छन् ।

बझाङ आएको केही वर्षमै उनका श्रीमान्ले छोडेर हिँडे । एकल जस्तै बनेर एक सन्तानलाई हुर्काउने क्रममा उनले भोगेको कष्टले समाज बुझ्न सघायो ।

सधैँ सबैको पुरुष घरमा नहुँदा खेती लगाउने बेलामा आफन्तहरुलाई हारगुहार गरेर हलो जोति माग्नुुपर्दा धेरै महिलाहरु हलो जोतिएकै भरमा पुरुष नभएको बेला विभिन्न किसिमका यौन जन्य हिंसा र थिचोमिचो सहनु परेको देख्दा अन्यायको जरा हलोमा अड्किएको देखेर हलो जोत्ने साहस गरेका बताइन् ।

लगातार ५ वर्षसम्म आफै हलो जोतेर आफ्नो खेती आफैँ लगाइन् । यसरी आफै हलो जोतेर आफै खेती लगाउने र जिल्लामै पहिलो पटक हलो जोतेर चर्चामा आएकी गंगु अहिले थलारा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

‘महिलालाई यतिसम्म तल्लोस्तरबाट हेरिन्छ होला भन्ने सोचेकी पनि थिइनन्’, उनले विगत सम्झिँदै भनिन् । ‘आफूले नै परिवार समाजबाट भोग्नुसम्म पीडा भोगेँ, अनि विद्रोह नै गर्नुपर्छ भन्ने सोच पलायो ।’

‘२०४९ साल को स्थानीय निर्वाचनमा निर्विरोध वडा सदस्य भएपछि राजनीति शुरु गरेको त्यसबेलासम्म औपचारिक शिक्षा ५ कक्षासम्म मात्र पढेकी गंगुले विसं २०६७ मा ४७ वर्षको उमेरमा उनले एसएलसी पास गरिन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भइसकेपछि उनले गाउँपालिकाको समग्र विकाससँगै महिलाप्रति हेर्ने दृष्टिकोणलाई न्यायपूर्ण बनाउन आफू रातदिन लाग्ने दृढता व्यक्त गरेकी छन् ।

‘नियमले उपाध्यक्षलाई न्यायिक समितिको जिम्मा दिएको छ, हाम्रो समाजमा धेरै अन्याय र शोषण कायमै छन्, । यसबाट महिला र बालबालिका बढी पीडित छन्, त्यसैले उनीहरुलाई सुविधा हुने काम गर्छु ।’

मदिरा नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताउँदै उपाध्यक्ष गंगु भनिन्, ‘आफू कमाइ नगर्ने भएका कारण महिला बढी समस्यामा छन्, विभिन्नखालका सीप सिकाएर महिलालाई गरिखाने बनाउनका लागि पहल गर्नेछु । खानेपानीको सुविधा सबै गाउँमा पु¥याउने, घाँसको वृक्षरोपण गर्नेदेखि लिएर विपन्न वादी महिलालाई आत्मनिर्भर बनाउनेसम्मका योजना सुनाउने उहाँले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले थलाराका बासिन्दाले आफूलाई चुनेको बताइन् ।

महिलाका पीडा मार्नका लागि आफू रातदिन नभनी खटेका कारण थलाराका बासिन्दाले आफूलाई पनि कुनै पार्टी नभनेर गंगुदेवी खडायतको नाममा मत दिएको उहाँको दाबी छ ।

आफुले हलो जोतेको खेख्दा कुरा काटेर विभिन्न्न लाल्छना लगाएको बताउने गंगुले आफ्नो कार्यकालमा महिलामाथि हुने अन्याय, अत्याचार अन्त्य गर्नमा खर्चिने बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...