खोटाङका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरण

Nepal money

खोटाङ, । भूकम्प गएको २ वर्ष पछि खोटाङका भूकम्प पिडितले पहिलो किस्ताको रकम प्रप्त गरेका छन् ।

भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म ३६ करोड ३ लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो ।

कूल ८ हजार ४ सय ४३ लाभग्राही रहेको यो जिल्लामा पुरानो संरचनाअनुसार दुर्छिम र चिप्रिङ गाविसबाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो ।

तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजनाका निर्देशक ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए । “उनीहरुको हकमा सच्याउने काम भइरहेको छ,” उनले भने “प्राविधिक कुरा मिल्नासाथ वितरण गरिन्छ ।

पहिलो किस्ताबापतको रकम आगामी कात्तिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाडौँ र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको बताइएको छ ।

कमप्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबीसमेत गरिएको छ ।
भूकम्प गएको २ वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणको काम भने प्रभावकारी रुपमा हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...