अफगानिस्तानद्धारा १९६ रनको लक्ष्य प्रस्तुत

Np kriket

काठमाडौं । अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आईसीसी यू–१९ विश्वकप छनोटमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

नेपालका साहब आलमले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ३, सन्दिप लामिछाने र रोहित कुमार पौडेलले एक एक विकेट लिएका छन् । ओपनर जादरानले ११४ बलमा ७ चौका र ५ छक्काको मद्दतमा १०१ रन बनाए ।

छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीले साहब आलमको हातबाट जादरानलाई क्याच गराए । अफगानिस्तानका लागि इकराम फैजीले २४ रन बनाउँदा नाभेद ओबिडले २२ रन बनाए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...